Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हो।

यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका ११ जना, अष्ट्रेलियाका १० जना र चीनबाट नौ जना आरोही छन् ।

आरोही मध्ये ४६ जना महिला र १५८ जना पुरुष छन् । कोरोना महामारीपछि संख्यात्मक रुपमा कम भए पनि धेरै देशबाट आरोहीको सहभागिता छ ।

सगरमाथा बाहेक १७ हिमालमा ३०१ आरोही

यस वर्ष सगरमाथा बाहेक १७ वटा हिमाल आरोहणका लागि ३०१ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार यीमध्ये आठ हजार मिटरदेखि छ हजार मिटरसम्मका छन् ।

यी मध्ये ३८ वटा आरोहणदलबाट कञ्चनजंगा, ल्होत्से, नुप्से, धौलागिरि, धौलागिरि एक, आमादब्लमलगायत गरी १७ हिमाल आरोहण गर्ने भएका छन् । सगरमाथासहित यस महिना १८ वटा हिमाल आरोहण हुने पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

विभागले आरोहण रोयल्टी शुल्क बापत २९ करोड ७४ लाख ३४ हजार रुपियाँ राजश्व समेत संकलन गरेको छ ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments