Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २५ चैत २०७८ । युक्रेनको एक रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । योसँगै सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्रामाटोस्र्क शहरमा गरिएको रकेट आक्रमणमा थुप्रै घाइते भएका छन् । रुस र युक्रेनबीचको युद्धमा देश छोडेर भाग्ने क्रममा रहेका युक्रेनी नागरिकहरु रेलवे स्टेशनमा भेला भएकै बेला रकेट प्रहार गरिएको बुझिएको छ । रकेट प्रहारका क्रममा सर्वसाधारणमा भागदौड मच्चिएको थियो भने आक्रमणका कारण रेलवे स्टेशनको अधिकांश संरचनाहरु ध्वस्त भएका छन् ।

पछिल्लो समय रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा रहेका अधिकांश शहर केन्द्रित गरी आक्रमणलाई तीब्रता दिएका छन् । यसअघि युक्रेनकै पुर्वी शहर डोनबासमा रुसी सेनाले रातभर हवाई आक्रमण गरेका थिए ।

यसबीच रुस र युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच भेटवार्ता हुने भएको छ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका छन ।

 

तपाईको प्रतिक्रिया