Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, २५ चैत २०७८ । गौरादह नगरपालिका वडा नं.६ को आरती नगरीका मोहन मैनालीद्वारा प्रकाशित परिघुलन नामक पुस्तक विमोचन गरिएको छ। दमकका पुर्ब प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि मोहन प्रसाद भण्डारीले एक कार्यक्रमका बिच पुस्तकको विमोचन गरेका छन।

पुस्तक विमोचन कार्यक्रममा सहभागी अधिकांश बक्ताले मैनालीद्वारा प्रकाशित परिघुलन पुस्तकले यस क्षेत्रको परिवेसलाई उजागर गरेको बताएका थिए। हामीले मनाउँदै आएका चार्डपर्ब, धार्मिक स्थल, आयुर्बेद, दक्षिणी क्षेत्रका मुख्य स्थानहरु लगायतका कुराहरुलाई पुस्तकमा समावेस रहेको बताएका थिए। पुस्तक बिमोचन कार्यक्रममा कृति समिक्षा गर्दै कसार साप्ताहिकका सम्पादक तथा शिक्षक बेणु प्रसाद अधिकारीले पुस्तकमा धार्मिक, आध्यात्मिक,ऐतिहासिक, साँस्कृतिक, बिभिन्न जातजाति, भाषाभाषीहरुलाई उचित स्थान दिनु पर्छ भन्ने कुराहरुलाई समेट्नुका साथै समाज रुपान्तरणका पक्षलाई समेत समेटिएको बताएका थिए।

विमोचन कार्यक्रममापूर्वाञ्चल कृषि क्याम्पसका प्रमुख अनिल कृष्ण प्रसाईले पुस्तकमा यस क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक, संभावित पर्यटकिय क्षेत्रलाई समेटिएकाले भबिस्यमा भाविपिढि सन्ततीकालागि पुस्तक मार्ग निर्देश भएको बताएका थिए। कार्यक्रममा गौरीगंज क्याम्पसका पुर्ब क्याम्पस प्रमुख केदार रिमाल,गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा,हरि ओझा, अमिनलाल राजवंशी लगायतले पुस्तकको उपयोगीताका बारेमा मन्तब्य राखेका थिए।जीवन सिटौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा कामेस्वर राजवंशीले कार्यक्रम संचालन गरेकका थिए।पुस्तक बिमोचन कार्यक्रमका सभापति मोहन मैनालीले दक्षिणी क्षेत्रमा रहेका सम्पुर्ण कुराहरुलाई समेटेर प्रकाशन गरिएको पहिलो संस्मरण पुस्तक ५ खण्ड रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया