Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २८ कात्तिक   भद्रपुर । मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी धिरज र राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

मेची नदीमा परिवारसंग छठ मनाउनका लागि राशीसहित उनका परिवार मे १ त ५२३२ नम्बरको ट्याक्टर चढेर पुजा स्थलतर्फ गइरहेका थिए । ट्याक्टरको अगाडि पट्टीका सिटमा बसेका राशी टयाक्टरबाट खसेरपछि उनलाई टयाक्टरको अगाडिको चक्काले किचेको थियो । मेची पुलमाथि घुमाउरोबाट चढने क्रममा राशी लडेको घटनास्थलका प्रत्यक्षदर्शीको भनाई छ ।

यता टयाक्टरले किचेर गम्भिर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जवेगुले बताए । प्रहरीले टयाक्टर चालक बन्धन उराउलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेची पुलमाथि पैदलयात्रीबाहेक दुई पाङ्ग्रेसहित अन्य कुनै पनि सवारीसाधन चढन नदिने सुरक्षा योजना बनाएपनि नदीबाट ट्याक्टर जान नसक्ने भएपछि ट्याक्टर चालकले जबरजस्तीले पुलमाथिबाट ट्याक्टर लैजान खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया