Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

मोरङ, २३ चैत २०७८ । मोरङको धनपालथान गाउँपालिका–३ डकुवा डाँडास्थित रहेको एबीसी ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको दुई बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments