Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

२८, कात्तिक । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेकि  छन् ।

प्रहरी अस्पतालमा कार्यरत डा। दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिएका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए ।

उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो । एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हुन् । दज्र्यानी चिह्न ग्रहण गरेपछि उनले अस्पताललाई आधुनिक र अनुशासित बनाउँदै तथा त्यहाँ कार्यरत कर्मचारीको मनोबल उच्च राख्दै जिम्मेवारी सम्हाल्ने बताइन् ।

तपाईको प्रतिक्रिया