Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, १९ चैत २०७८ । नोबेल शिक्षण अस्पतालको अर्थो विभागमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । अस्पतालअगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका यादवको शव घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

मुखबाट रगत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिनुले यादवलाई बाहिरै हत्या गरिएको हुन शक्ने आफन्तलले आशंका गरेका छन् । प्रहरीले अहिले विशेषज्ञ कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी गरेको छ ।

बंगलादेशबाट एमबीबीएस गरेका यादव विगत तीन वर्षदेखि नोबेलमा कार्यरत रहेको उनका मामा शम्भुप्रसाद यादवले बताए । सप्तरी विष्णुपुर घर भएका यादव परिवारका एक्ला छोरा हुन् ।

यादव शुत्रबार नोबेल अस्पतालले पहाडी जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका थिए । उनी साथीहरुसँग शुक्रबार साँझ एयरपोर्ट लाइनको कृष्ण क्याफेमा खाजा खाएर फर्केका थिए ।

तपाईको प्रतिक्रिया