Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २८ कात्तिक । महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।

नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।

लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो ।

वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो । ‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै हामीले चलाएका छौं’, केसीले अनलाइनखबरसँग भने, ‘अभियानलाई तीब्रता दिँदै जान्छौं ।’

उनले काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया