Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

उर्लाबारी, २८ कात्तिक । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।
रासस

तपाईको प्रतिक्रिया