Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

झगेन्द्र खड्का
गौरादह, २४ फागुन २०७८ । झापाको गौरादह फुटसल खेल मैदानमा संचालन भएको प्रथम टोल विकास स्तरीय फुट्सल प्रतियोगिताको उपाधी उद्यमी टोल बिकास संस्थाले उचालेको छ।

मंगलबार सम्पन्न फाइनल खेलमा उद्यमी टोल बिकासले प्रगति टोल बिकास संस्थालाई पराजित गर्दै उपाधी उचालेको हो। उद्यमी टोल बिकास संस्थाले प्रगति टोल बिकास संस्थालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।

जितका लागि उद्यमी टोल बिकासका तर्फबाट सुमन लिम्बू, सुदिप घिमिरे, सुरज खड्काले गोल गरेका थिए। प्रगति टोल बिकाशका तर्फबाट अनिश राई र अमन ताजपुरियाले गोल गरेका थिए।

उपाधी हात पार्ने दाउमा संघर्षरत प्रगति टोल बिकास संस्थाका राई र ताजपुरियाले १-१ गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन।

विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन।

युवाहरुमा फुटबल खेलको बिकास गराउने उदेश्यले गौरादह नगरपालिका वडा न. १ ले फुट्सल प्रतियोगिताको आयोजना गरेको वडा नं (१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए।

गौरादह नगरपालिका वडा स्थानीय सरकारले पहिलो पटक टोल स्तरीय नकआउट फुट्सल प्रतियोगिता आयोजना गरेको हो।

फागुन १७ गतेदेखि संचालन भएको फुटसल खेलमा वडा नं.१ भित्रका ९ वटा टोल बिकास संस्थाका टिमहरु सहभागी भएका थिए।

फाइनल खेल समापनका अवसरमा गौरादह नगरपालिका वडा नं.१ खेलकुद बिकास समिति अध्यक्ष पुण्यप्रसाद सिग्देलले शुभकामना मन्तब्य राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया