Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

गौरादह, २१ फागुन २०७८ । झापाको गौरादहमा जारी प्रथम टोल स्तरीय फुट्सल प्रतियोगिताको फाइनलमा उद्यमी टोल विकास संस्था र प्रगति टोल भिड्ने पक्का भएको छ । शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा उद्यमी टोलले ५–३ गोल अन्तरले नमूना टोललाई हराएसँगै फाइनल खेलमा भिड्ने पक्का भएको हो ।

यस्तै, आजै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा ३ गोलका विरुद्ध ५ गोलले गौमाता टोललाई हराउदै प्रगति टोल फाइनल प्रवेश गरेको हो ।
जीतसंगै प्रगती र उद्यमी टोलको भेट फाइनलमा पक्का भएको हो ।

पहिलो खेलमा उद्यमी टोलका लागि सुर्य लुइँटेल दुई गोल, रोशन श्रेष्ठ, सुदीप घिमिरे र भुवन भण्डारीको एक-एक गोलको मद्दतले ५ गोल गर्न सफल भएको थियो । नमूना टोलका मन्तोष विमलीले दुई गोल र कृष्ण कार्कीको एक गोल गरेता पनि जीतका लागि पर्याप्त रहेन ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा मुस्ताङ गुरुङको ह्याट्रिक, अमन ताजपुरियाको एक गोल र एक आत्मघाती गोलको सहाराले प्रगती टोलले गौमाता टोल माथी जीत हासिल गरेको छ ।

फाइनल खेल मंगलबार दिउँसो ४ बजेदेखि हुने आयोजक जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया