Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

 फिदिम, २७ कात्तिक  । आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ।

नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो। असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको पाँचथर जिल्लामा यही मंसिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए।

जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले बताए। राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण संकलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए।

पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य पूरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले बताए। सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments