Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

गौरादह, १७ फागुन २०७८ । झापाको गौरादह नगरपालिका वडा नं.१ ले आयोजना गरेको प्रथम टोल स्तरीय नकआउट फुट्सल प्रतियोगितामा नमूना टोल विकास समितिले विजयी सुरुवात गरेको छ ।

गौरादह फुट्सलमा मंगलबार भएको उद्घाटन खेलमा सीतापुरी टोललाई ५-४ गोल अन्तरले पराजित गर्दै नमूना टोलले विजयी शुरूवात गरेको छ । नमूना टोलका कृष्ण कार्कीको ह्याट्रिक र भानु सुवेदीको दुई गोलको मद्धतले नमूना टोल दोश्रो चरणमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा नमूना टोलले ३ गोल वर्षाएको थियो । दोस्रो हाफमा सीतापुरी टोल लयमा फर्किदै चार गोल गरेता पनि जीत सुनिश्चित गर्न सकेन ।

सीतापुरीका लागि सुमित भण्डारीले एक गोल, सुमन थापाले २ गोल र निरज साहले एक गोल गरेका थिए । सीतापुरी टोलले विपक्षीको जालीमा ४ गोल चुमे पनि जीतका लागि त्यो प्रयाप्त रहेन । खेलमा म्यान अफ दि म्याच नमूना टोलका कृष्ण कार्की घोषित भए । जीतसंगै नमूना टोलको अर्को भेट पाथीभरा टोलसंग हुनेछ ।

दोश्रो चरणको खेल पर्सि १९ गतेदेखि सुरु हुने आयोजकले जनायो । दोस्रो चरणमा दैनिक दुई खेल हुने आयोजकले जनाएको छ । तालिका अनुसार खेल दिउँसो ३ बजेदेखि सुरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया