Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

शान्ति सुब्बा
गौरादह, १५ फागुन २०७८ । झापाको कमल गाउँपालिकामा प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिकाको सभाहलमा आईतबार(आज)पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि फागुन २५ गते देखि चैत २ गतेसम्म हुने सो प्रतियोगिताको बारेमा आयोजक समितिले जानकारी गराएको हो ।

२०७७/०७८ मा नै प्रदेश स्तरीय फुटबल प्रतियोगिताको कार्यक्रमलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएता पनि कोभिडको महामारिका कारण गत वर्ष उक्त प्रतियोगिता सञ्चालन हुन नसकेको जनाउँदै सोही प्रतियोगितालाई यस वर्षको कार्यक्रममा समावेश गरि आयोजना गरिएको खेलकुद विकास समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष चर्तुभुज सुवेदीले जानकारी दिनुभयो ।

युवाहरुको फुटबल खेल प्रतिको बढ्दो आकर्षणसँगै फुटबल खेलको प्रर्वद्धन, विकास र खेलाडी पहिचान, उत्पादन गर्नुका साथै स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न, प्रतियोगिता मार्फत स्थानीय खेलाडीको परिचयको दायरा बढाउन, प्रदेश स्तरमा कमलगाउँपालिकाको पहिचान स्थापित गराउन, खेलको माध्यमबाट खेलाडीहरुलाई जागरुक र गतिशिल बनाइ राख्ने उद्देश्यले खेलको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा कमल गाउँपालिका कि अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । खेलकुद क्षेत्रका लागि मात्र यो वर्ष ३७ लाख वजेट छुट्याइएको अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उप समितिहरु समेत निर्माण गरिएको छ ।

फागुन २५ गते देखि चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । कमल गाउँपालिका-३ को केर्खा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २५ गते कमल खेलकुद विकास समिति आयोजक टिम र टेम्के फुटबल क्लब, धरान बिच पहिलो खेल हुने भएको छ । यस्तै २६ गते धनकुटा फुटबल क्लब, धनकुटा र श्री नयाँ श्रीनाथ गण, चारआली बिच हुने भएको छ । २७ गते चारतारे फुटबल क्लब, लेटाङ्ग, मोरङ्ग , र रेड स्टार फुटबल क्लब, इलाम बिच हुने भएको छ भने, २८ गते बेलबारी फुटबल क्लब, मोरङ्ग र धुलाबारी फुटबल एकेडेमी, झापा बिच प्रतिस्पर्धा हुने भएको छ । खेल समय भने दिउँसो १ बजे तोकिएको छ । यस्तै, २९ गते पहिलो सेमीफाइनल र ३० गते दोस्रो सेमीफाइनल खेल हुने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल चैत २ गते बुधबार हुनेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्रतियोगिताको विजेता टोलिले नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ दि म्याचले(प्रत्येक खेलमा) नगद २ हजार ५ सय, विधागत पुरस्कार अन्तर्गत नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न १४ लाख ४१ हजार ५ सय ५० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलन कार्यक्रममा समितिले हालसम्म गरेका मुख्य कार्यक्रमहरुको बारेमा जानकारी समेत दिएको छ । त्यस अवसरमा आयोजक टिम, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया