Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ फागुन २०७८ । विभागीय टोली एपिएफले सुदुरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै राजधानीमा जारी ललितपुर मेयर महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको हो ।

पहिलो खेलमा राष्ट्रिय टोलीकी कप्तान रहेको प्रदेश नं १ लाई पनि ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उता पराजित सुदुरपश्चिमले भने दोस्रो खेलमा पहिलो हार भोगेको छ ।

सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दा एपिएफकी रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान गरिन ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर मात्र ८९ रन जोडेको थियो । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशले ललितपुर मेर्यस–११ माथि २ रनको रोमाञ्चक जित निकाल्यो ।

प्रतियोगितामा बिहीबार दिउँसो १ बजे लुम्बिनी प्रदेश र प्रदेश नं १ बीच खेल हुने छ ।

 

तपाईको प्रतिक्रिया