Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, ११ फागुन २०७८ । कलाकार तथा गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्कदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए ।

६५ वर्षका उनले उनले ‘मनको बाँधु’, ‘छक्कापञ्जा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।

लामाले कलकत्ते काइँयो, चुईंचुईं चुइँकने जुत्ता, मूलाको चनालगायतका चर्चित गीत गाएका छन् ।

 

तपाईको प्रतिक्रिया