Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

इलाम, ९ फागुन २०७८। इलाममा किसान सूचीकरण कार्यक्रम सुरू गरिएको छ । नेपाल सरकारको अनुदान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा किसान सूचीकरणका लागि गणकहरु मार्फत काम सुरू गरिएको हो ।

सरकारले किसानहरुको सूची दर्तागरि राष्ट्रिय स्तरमा अनलाइन रजिष्टर्ड गर्ने कार्य इलाममा सुरू गरेकोछ । इलामको सूर्योदय, इलाम नगरपालिकामा र माइजोगमाई गाउँपालिकामा किसान सूचीकरण कार्यक्रम भइरहेको छ भने बाँकी रहेको पालिकामा समेत सूची दर्ता कार्यक्रमको तयारी सुरू भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।

अहिले सम्ममा जिल्लाको ३ वटा स्थानीय तहहरुमा पहिलो चरणमा चौध सय ८ जना किसानहरु अनलाइन प्रणालीमा सूचीकृत भइसकेका छन् । जस्मा इलाम नगरपालिकामा ६८९ जना, सूर्योदय नगरपालिकामा ५६३ जना र माईजोगमाई गाउँपालिकामा १४७ जना रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

किसान सूचीकरण कार्यक्रमको लागि छ्नौट भएका गणकहरुलाई सफ्ट्वेयर सञ्चालन सम्बन्धी दुई दिने तालिम तथा अभिमुखिकरण गोष्ठी सञ्चालन गरिएकोथियो । गणकहरुले घर दैलोमा पुगेर किसानहरुको वास्तविक तथ्याँक संकलन गरी अनलाइनमा राख्नेछन् ।

किसानले लगाएको बाली, जग्गाको अवस्था लगायतका कृषि तथा पशु–पंक्षिको तथ्यांक समेटिने भएकोछ ।
कृषि ज्ञान केन्द्रको समन्वयमा प्रत्येक स्थानीय तहमा किसान सूचीकरण भएपछि किसानलाई परिचय पत्र दिने व्यवस्था रहेकोछ ।

सरकारले किसानलाई दिने अनुदान नदोहोेरियोस र वास्तविक किसानलाई कृषि अनुदान प्राप्त गर्न कार्यक्रमले सघाउँ पु¥याउने देखिएको छ ।

कृषि व्यवसाय प्रवद्र्धनका लागि किसानको अवस्था राष्ट्रिय स्तरमा पहिचान गर्न किसान सूचीकरण कार्यक्रम प्रभावकारी देखिएको छ ।ईमेजखबर बाट

तपाईको प्रतिक्रिया