Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २५ कात्तिक । धादिङको रोराङ गाउँपालिका(५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका(५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैदल यात्रुलाई ठक्कर दिएको ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । ग्यास लिक भएर आगआगी हुनसक्ने भन्दै घटनास्थल सुरक्षित पारिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया