Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २ फागुन २०७८ । ओमानमा जारी चारदेशीय टी(ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ । उत्कृष्ट बलिङका बाबजुद ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा आयरल्याण्डले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । आशिफ शेख २३ रनमा आउट हुँदा कुशल भुर्तेल १५ रन जोडेर पेभेलिएन फर्किए । लोकेश बम ६ तथा ज्ञानेन्द्र मल्ल ५ रनमा आउट हुँदा शरद भेषवाकर १ रनमा आउट भए ।

कमल ऐरी १३, कुशल मल्ल ९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए । आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २र२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा अलआउद हुदै १ सय २७ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारेका थिए । अविनाश बोहराले दुई विकेट लिएका थिए । सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १र१ विकेट लिएका थिए । हारसँगै नेपालले ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया