Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

 काठमाडौं, २५ कात्तिक ।  कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ। काठमाडौंबाट गुडेको हिल्सा(सिमकोट सडक आयोजनाको बा १ झ ५८५० नम्बरको गाडी उत्तरी छिमेकी चीन घुमेर गत साता सदरमुकाम हिल्सा पुगेको हो।

रसुवागढी नाका हुँदै केरुङ छिरेको गाडी केरूङबाट हिल्सासम्म कन्टेनरमा राखिएको थियो। चिनियाँ सडकमा नेपाली नम्बर पेटका गाडी गुडाउने अनुमति नहुँदा केरूङदेखि हिल्सासम्म कन्टेनरमा राखेर गाडी पुर्‍याइएको हो।

केरूङबाट कन्टेनर चढेको टोयटा गाडी एक सातापछि सिमिकोट पुगेको हो।

कन्टेनरले हिल्सा नाकामा झारेको गाडी त्यहाँबाट गुडाएरै सिमकोट पुर्‍याइयो।

ुहुम्लामा निजी गाडी भाडामा लिई साध्य छैन। एक किमीको भाडा एक हजार बढी पर्छु, हिल्सा(सिमकोट सडक आयोजनाका प्रमुख शशांक मिश्रले सेतोपाटीसँग भने, हाम्रो आयोजनाको गाडी काठमाडौंको सडक डिभिजनमा थियो। त्यही गाडी हुम्ला लगियो।ु

गाडी हुम्ला पुर्‍याउन आयोजनाले दुई लाखभन्दा बढी भाडा तिरेको छ।

नेपालगञ्ज वा सुर्खेतबाट हेलिकप्टरमा राखेर गाडी ढुवानी गर्दा १४र१५ लाख लाग्ने भयो। आयोजनासँग त्यति पैसा थिएनु, मिश्रले भने, दुई लाख भाडा तिरेर केरुङ हुँदै हिल्सासम्म गाडी ढुवानी गरियो।

सरकारी गाडी हुम्ला पुगेको साता दिनपछि अर्को गाडी पनि चीन घुमेर हुम्ला जाँदै छ। हुम्लामा तीन वटा पुल निर्माण गर्ने योजना छ। पुल निर्माणका लागि माटो परीक्षण गर्ने मेसिन लिएर आयोजना प्रमुख मिश्र आफैं केरूङ हुँदै हुम्ला जान लागेका हुन्।

केरुङबाट दुई दिनमा हिल्सामा पुगिन्छ। त्यहाँबाट सिमकोट पुग्न तीन दिन लाग्छ।

सडक आयोजनाले गाडी पुर्‍याएपछि चालक र इन्धनको जोहो गर्न व्यवस्थापन गर्दैछ।

योजना सुपरभिजन गर्न भइपरि आउने खर्चबाट थोरै पैसा व्यवस्थापन गर्न सकिन्छ। अहिले आयोजनासँग इन्धनका लागि १०र१५ हजार मात्रै बजेट छु, प्रमुख मिश्रले भने, ुसधैं गाडी चलाउने होइन। धेरै इन्धन खपत हुन्न। काम भएको बेला हेर्न जाने मात्रै हो।ु आयोजनाले दैनिक ज्यालादारीमा चालक राख्ने तयारी गरेको छ। आयोजनामा तीन जना सबइञ्जिनियर र एक जना लेखा हेर्ने कर्मचारी छन्।

मानव विकास सूचाकांकको ७४ नम्बरमा रहेको हुम्लामा राष्ट्रिय सडक सञ्जालको पहुँच पुगेको छैन। हिल्सादेखि सिमकोटसम्मको ९५ किमी सडकमा भने गाडी गुड्न सक्छ। जसमध्ये ४५ किलोमिटर सडक दुई लेनको छ।

हुम्लामा करिब ११० किमी कच्ची सडकमा सवारी चल्न सक्छ।

कालिकोट खुलालुबाट सिमकोट जोड्ने राष्ट्रिय सडक सञ्जालको काम अहिले पनि जारी छ। यो सडकको १५० किमी ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिराखेको छ भने १४६ किमी सडक हिल्सा(सिमकोट सडक आयोजनाले गर्दैछ।

कालिकोटदेखि सिमकोटसम्म सडक ट्रयाक पूरा गर्न अझै दुई वर्ष लाग्छ। हुम्लामा खच्चडबाट र केरुङदेखि गाडीबाट डिजेल ढुवानी गरिन्छ।

सात गाउँपालिका रहेको हुम्लामा ५० हजार ८५८ जनसंख्या छ। राष्ट्रिय सडक सञ्जाल नपुगेकोले हुम्लाका स्थानीय तहमा भने सडक निर्माणको काम भएको छैन।

तपाईको प्रतिक्रिया