Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, २८ माघ २०७८ । झापामा बलेरो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्त्रगत झापाको कमल गाउँपालिका- ४ मा पूर्व तर्फ जाँदै गरेको मे १ च ११६७ नम्बरको बलेरोले विपरीत दिशा तर्फ आउँदै गरेको मे ६प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शिवशताक्षी- ८ का ४१ वर्षीय नरबहादुर गहतराज गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको क्रममा दमक लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । यता बलेरो र चालक मोरङ रंगेलीका दीपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया