Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

 

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरुले सुरु गरेको वाम एकता प्रक्रिया र चुनावी तालमेल अब कसरी अगाडि बढ्छ भन्ने चासो सर्वत्र छ । लगत्तै संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनको प्रक्रिया सुरु गरिसकेको अवस्था छ । अबको ध्रुव्रिकृत राजनीति र गठबन्धन कसरी अगाडि बढ्ला रु वाम एकताले प्रचण्डपथ र जवजको अस्तित्व के हुने हो? नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसंग गरिएको कुराकानीः

बाम एकता प्रक्रियासंगै चुनावी तालमेलको घोषणापछि तपाईको अनुभव सुनौं न

मुख्य कुरा ऐतिहासिक कामको सुरुवात भएको छ । माओवादी शान्ति प्रक्रियामा आएदेखि नै वाम एकताको विषय उठेको थियो । अहिले आएर सार्थकता पाएको छ । सुशासन र अमनचयनका लागि बलियो कम्युनिष्ट हुँदा धेरै सहज हुने देखेको छु । अब परिवर्तनलाई आत्मसाथ गरेर सबैले नयाँ राजनीतिक धरातलमा समृद्ध नेपालको सपना साकार पार्न लाग्दा नेपाल विश्वमै उदाहरणीय बन्न सक्छ । नेपाली कम्युनिष्टहरुमा वैचारिक संकट छ त्यो चाहीँ अब हट्नेछ र हट्नुपर्छ ।

शान्ति प्रक्रियादेखि उठेको वाम एकतामा किन अलमल भयो त ?
हैन कहाँ ह्वात्तै एकीककरणको निर्णय भयो त, धेरै चरणमा छलफलहरु भए । २०६४ सालमै वाम एकता प्रक्रिया धेरै अगाडि बढिसकेको थियो तर तत्कालिन अवस्थामा एमालेले गहिरिएर त्यो आवश्यता आत्मसाथ गरेन । उतिबेलै धेरै सहमति भएका थिए । अन्तत एकीकरण प्रक्रिया टुङ्गोमा नै नपुगी यथावत रह्यो । अहिले एमालेले आवश्यता महसुस गर्यो ।

यहि नै हो त वाम एकीककरणको आधार ?
मुख्य कुरा दुबै पार्टीले दुबैको अस्तित्व स्वीकार गर्नु हो । प्रचण्डपथको बिषय छ । जवजको बिषय छ । अब यी सबैलाई कसरी अगाडि लैजाने भन्ने प्रश्न अहिले पनि उठ्छ, तैपनि हाम्रो मिसन एउटै थियो, नेपालमा कम्न्युनिष्ट केन्द्र बनाउने र विश्वलाई कुनै न कुनै प्रकारले नयाँ राजनीतिक सन्देश दिने । रुसी क्रान्तीलाई पनि हेर्न सक्छौँ । आवश्यताका आधारमा जोडिनै पर्थ्यो, जोडियौँ । मंगलवार कम्न्युनिष्टहरुका बीच भएको एकीककरण प्रक्रियाको धरातल धेरै पहिले तय भएको पनि भुल्न हुँदैन । ६४ सालमै भएको सहमतीलाई मुर्त रुपका हौँ ।
कार्यक्रर्ता नमिलेका कहाँ छन् भन्नुस त ? बरु मिलेर कुरा बिग्रेको छ क्या , कांग्रेस, माओवादी, एमाले लगायतका सबै दलका कार्यकर्ता मिलेका छन् । एउटा सानो विकास परियोजना नै किन नहोस सबै मिलेका छन् । काममा भन्दा धेरै बजेट अन्तै खर्च भैराख्या छ । अनि कसरी भ्रष्टाचार निर्मुल पार्न सकिन्छ । सुशासन कायम गर्न सकिन्छ । तल्लो तहदेखि माथीसम्मको यहि भ्रष्ट मनोवृतिको अन्त्य गर्दै सुशासन र अमनचयनका लागि बलियो कम्युनिष्ट केन्द्र बनाउँदा किन असन्तुष्टी हुनु रु कार्यकर्तामा केही असन्तुष्टी पक्कै छ तर त्यसको व्यवस्थान सहि रुपमा हुन्छ आत्तिनु पर्दन ।

भावनात्मक एकता पनि यत्ति सजिलो छ है ?
हैन कार्यकर्ता केहि सन्तुष्टी छ । तर नयाँ राजनीतिक धरातलमा पुराना बिषयलाई उठाईराख्ने हो भने अगाडि बढ्न गाह्रो छ । नयाँ वैचारिक धरातलले विगतका विराशत बिर्साउनुपर्छ । नेतृत्व यसमा सजग छ र हुनुपर्छ ।
इमानदारी पुर्व सहमती कार्यान्वयन हुन्छ भन्नेमा पनि शंका छैन होला उसो भए रु
विगतमा भएका सहमती भत्काउँदाको अनुभव एमालेले पनि गर्यो । माओवादी केन्द्रले पनि यसलाई मनन गरेकै छ । विगतका तिता बिषयलाई बिर्सनुपर्छ । म फेरि पनि जोड दिएर भन्छु की राजनीतिक ध्रुविकरण सहितको वाम एकीककरणले विगतका विराशत बिर्साउनुपर्छ । र नयाँ बैचारिक धरातलमा अगाडी बढ्नुपर्छ । हो सहमती कार्यान्वयन नगरिए आन्तरिक द्धन्द्ध हुन्छ । आन्तरिक रुपमै संघर्ष गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया