Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

झापा, १७ माघ २०७८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो ३ देखि ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

आइतबार बसेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो ।

अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले कोभिड–१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । समितिले खोपको मौज्दात र लगाएकाहरूको विवरण अद्यावधिक गरी खोपको यथार्थ स्थिति सार्वजनिक गर्नेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

 

 

तपाईको प्रतिक्रिया