Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का
गौरादह, १४ माघ । डिसिसिएमसि झापाले गरेको निर्णय कार्यनयन गौरादहमा फितलो देखिएको छ। कोरोना भाइरस ओमिक्रोन भेरिएन्टको संक्रमण फैलिरहेको समयमा हाट बजार बन्द गर्न, २५ जना भन्दा बढी भेला नहुन, विवाह लगाएतका कार्यक्रममा भिडभाड नगर्ने डिसिसिएमसीले निर्णय गरेपनि गौरादह नगरपालिकाले कार्यनयन गर्न सकेको छैन।

भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय सरकारले साप्ताहिक हाट बजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ। स्थानीय सरकारले डिसिसिएमसीको हुबहु निर्णय पालना गर्नेगराउने निर्णय गरेपनि पटके साप्ताहिक हाटबजार बन्द गर्ने ब्यबहरमा कार्यनयन भएको छैन।भाइरसको संक्रमणबाट जोगिन २५ जना भन्दा बढी भेला नहुन र भिडभाड नगर्न भनिएपनि नगरपालिकाले हाट बजार बन्द गर्न सकेको छैन।

बजार बन्द गर्न माइकिङ गरि जानकारी गराएपनि बजारमा व्यापारीहरु समान बेच्न र ग्राहकहरु समान खरिद गर्ने क्रम चलिरहेको छ। डिसिसिएमसि झापाले हाट बजार विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यालयहरुको पठनपाठन बन्द भएको छ।नगरपालिकाले साप्ताहिक हाटबजारहरु बन्द गर्न गरेको निर्णय कागजमा सिमित भएको छ।

दक्षिणी क्षेत्रमा रहेका ठूला बजारहरु गौरादह, गौरीगंज, ग्वालडुब्बाका साथै अन्य सान हाट बजारहरु भिडभाडका साथ बजार लागिरहेका छन्। हाट बजारमा समान खरिद गर्न आउने ग्राहक र समान बिक्री गर्ने व्यापारीहरुको भिडभाडका कारण भाइरस संक्रमणको जोखिम बढेको छ। हाट लाग्ने दिन बजारमा मानिसहरुको भिडभाड हेर्दा कोरोना भाइरसको त्रास मानिसहरुमा परेको देखिदैन।

बजारमा समान खरिद गर्न आउने मानिसहरुले स्वास्थ्य सावधानी अपनाएको देखिदैन। बजारमा आउनेअधिकांश मानिसहरुले मास्कको प्रयोग गरेको देखिदैन। मानिसहरुले गौरादह नगरपालिकाले डिसिसिएमसिको निर्णय कार्यनयन गर्न मानिसहरुको भिडभाड बढी हुने साप्ताहिक हाट बजार बिद्यालय लगायतका स्थानहरु बन्द गर्न निर्णय गरि प्रशासनलाई जानकारी गराइसकेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह बताउँछन्। कोरोना भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन मानिसहरुको बढी भिडभाड हुने हाट बजार बन्द गर्न सरकारले गरेको निर्णयलाई कार्यनयन गर्न सहयोग गरेको गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जे.बि. कार्की बताउँछन्।

साप्ताहिक हाट बजार बन्द गर्न सबैमा जानकारी गराइसकेको र बजारमा मानिसहरुको भिडभाड कमि हुँदै गएको ईलाका प्रहरी कार्यलय गौरादहका प्रमुख रमेश वन बताउँछन्। हाटका दिन लाग्दै आएको साप्ताहिक हाट बजारमा पहिलेको जस्तो भिडभाड नभएको र फाट्टफुट्ट मात्रामा व्यापारी तथा ग्राहकहरु आउने गरेको प्रहरी प्रमुख वनले बताए।

तपाईको प्रतिक्रिया