Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

रौतहट, २५ कात्तिक । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउका ४ वटा घरमा चोरी भएको छ ।

शनिवार राती चोरहहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको धनमाल चोरेर लगेका हुन् ।

स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ ।

त्यसैगरी स्थानिय मनोज यादवको घरबाट १० हजार नगद, एक थान सामसुङ कम्पनीको मोबाईल सेट, तथा ६ लाख बराबरको १० तोला सुनका गहना चोरेका छन् ।

त्यस्तै फेँकुदाशको घरबाट एकथान सामसुंग कम्पनीको मोबाइल, नगद तथा गरगहना गरी तीनलाख बराबरको धनमाल चोरी भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोद कुमार यादवले जानकारी दिए ।

वीरेन्द्र चौरसीयाको घरबाट नगद तथा गरगहना गरी एकलाख ५० हजार समेत गरेर १३ लाख बढिको धनमाल चोरेर लगेको सई यादवले बताए ।

चोर समुहले चारवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताएका छन् ।

घटना बारे आश्यक अनुसंधान तथा चोरसमुहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया