Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १० माघ २०७८ । शेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो ।

यस दिन नेप्से सूचक १००.१० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५ सय २५ दशमलब ९० विन्दुमा झरेको छ ।

सोमबार सबै उपसूचक ऋणात्मकहुँदा सेयर बजार नै राताम्मे भएको छ । यद्यपि, एक सय अंक माथिले नेप्से घट्दै गर्दा आज कारोबार भने झण्डै ९ अर्ब हाराहारीको भएको छ ।

नेप्सेका अनुसार यस दिन बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ । गत आइतबार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया