Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बुटवल, २५ कात्तिक  ।  अर्घाखाँचीमा गत पाँच वर्षमा दुई दर्जन बालबालिकामाथि आक्रमण गरिसकेको र १७ जनाको ज्यान लिइसकेको चितुवा शनिवार भने स्थानीयले बनाएको खोरमा आफै पसेको छ ।

केहि दिनअघि मात्र जिल्लाको भुमिकास्थान नगरपालिका–९ ढिकुरा प्यालेका मदन घिमिरेका ४ वर्षीय छोरा आर्यनको  नरभक्षी चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

तत्पश्चात स्थानियले चितुवाहरु मार्न स्थानियले प्रशासनसँग माग गरेका थिए ।  प्रशासनले जिवितै जालमा पार्न अनुमति दिए अनुसार चितुवाको प्रभाव भएका तीन स्थानमा खोर बनाई राखिएको थियो ।

खोरमा चितुवा फँसेपछि यतिबेला स्थानीयले राहतको श्वास फेरेका छन् ।

खोरमा फँसेको उक्त चितुवा नरभक्षी हो कि होइन भनेर परिक्षण गर्न जिल्ला वन डिभिजन कार्यालयमा ल्याईएको त्यहाँका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

चितुवाको आक्रमण बढ्दै जाँदा बालबालिकाहरु स्कुल जान समेत डराउन थालेका छन् । अर्घाखाँचीको सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा  र नुवाकोट लगायतको जंगलमा चितुवाले बढी आतंक मच्चाउँदै आएको छ ।

बाघ वा चितुवालाई  फसाउनका लागि बाघखोरभित्र एउटा सानो पाठा पाठी राखेर जालमा पार्ने नेपालमा सदियौँदेखिको चलनरहेको छ ।

तपाईको प्रतिक्रिया