Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ६ माघ २०७८ । लोकसेवा आयोगले लिखित सबै परीक्षाहरु स्थगित गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले सबै लिखित परीक्षाहरु माघ ११ देखि मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।आयोगले कोरोना महामारीका कारण सबै लिखित परिक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरेको छ ।

यस्तै, फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनस्तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ ।

लिखित परीक्षा बाहेका आयोगका पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया