Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

गौरादह, २२ कात्तिक । झापा गौरादह नगरपालिका– ७ ग्वालडुब्बा स्थित सहयोगी मञ्चले बजार क्षेत्रमा आज डस्टबिन बितरण तथा व्यवस्थापन गरेको छ । बजार क्षेत्रलाई सरसफाई राख्ने उद्वेश्यले उपयुक्त निश्चित ३० स्थानमा फलामको स्टेन निर्माण गरी ३० ओटा डस्टबिन समेत बितरण गरेका हुन् ।

गौरादह नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष तथा प्रमुख अतिथि बलराम खरेलले ग्वलुब्बा चोकमा डस्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै युवाहरु संगठित भएर समाज परिवर्तनको लागि उदहारणीय कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे ।

बजारको फाहोर संकलन गर्ने उचित व्यवस्थापन नभएकाले पसल तथा घरबाट निस्कने फोहोर बस्तुलाई संकलन गर्न डस्टबिन राखेको समितिका सह–सचिव रमेश दहालले बताए । कार्यक्रमको औचित्य प्रकाश पार्दै वडा भित्र हुनसक्ने आपत–बिपत, दुर्घटना तथा सामाजिक समस्यामा सहयोग गर्ने उद्वेश्यका साथ खोलिएको सहयोगी मञ्चले सबैलाई आबद्ध गराई समाजको हितमा काम गर्ने मञ्चका अध्यक्ष राजजंग बस्नेतले बताए ।

आगामी दुई महिनाभित्रमा वडा नं ७ भित्रका मुख्य चोकहरुमा पनि यो कार्यक्रम बिस्तर गर्ने लक्ष रहेको अध्यक्ष बस्तेतले बताए ।
मञ्चले बजार क्षेत्रमा सरसफाईका लागि आवस्यक डस्टबीन संस्थामा आवद्ध सदस्यहरु तथा स्थानीय व्यवसायीहरुले स्वयंले सौजन्य गरेको सदस्य हंसनारायण राजवंशीले जनाए ।

बजारमा फालिने गरेका प्लास्टिकजन्य र अन्य फोहोर बस्तुहरु जथाभावि नफाकी बजार सफा राख्न डस्टबिनको उचित प्रयोग गर्न बजार ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीले आग्रह गरेका छन् । कार्यक्रमको संचालन समितिका सदस्य भुवन खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments