झापा ३ माघ २०७८ । झापाको शिवसताक्षी-८ को पशुपति एकाडेमीले विद्यालयको बार्षिकोत्सवको अवसरमा सामाजिक क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विद्यालयको ३२ औं बार्षिकोत्सवमा सोमबार नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा उपचारकोषमा ११ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिद्यालयले झापाको पुरानो ऐतिहासिक धार्मिक स्थल क्षेत्रका जेष्ठ नागरिक ९७ बर्षीय हरि मातालाई नगद, खाद्य सामाग्री र न्यानो कपडाले सम्मान गरेको विद्यालयका संस्थापक संचालक चन्द्रप्रसाद खनालले बताए ।

धाम क्षेत्रमा उदार गरि संरक्षण गरिएका गाई र सो आसपास क्षेत्रका बाँदरलाई फलफुल खुवाउने कार्याक्रम समेत गरिएको कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग पाएका दाताले विद्यालयले सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका छन् । यो संगै नेपाल पत्रकार महासंघ झापाको पत्रकार उपचार कोषमा करिव ५१ लाख रुपैयाँ रकम जम्मा भएको छ । उक्त कोषलाई एक करोड पुर्याउने महासंघको उदेश्य रहेको अध्यक्ष एकराज गिरीले बताएका छन् । शिवसताक्षी नगरपालिकामा निकै लोप्रिय मानिएको निजी विद्यालय पशुपति एकाडेमीले आगामी दिनमा समेत थप सहयोग गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Comments