Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झगेन्द्र खड्का
गौरादह, ३ माघ । गौरादह जेसिज बर्ष २०२२ का लागि बिनिता कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छन्। ९ औं बार्षिक साधारणसभाबाट अध्यक्षमा चुनिएकी कटुवाल गौरादह जेसिजको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन्।

अध्यक्ष पदका लागि प्रकाश भट्टराई र योगेस आचार्यले दिएको उमेदवारी फिर्ता लिएपछि कटुवाल सर्वसम्मत चयन भएकी हुन्। सामुदायिक भवन गौरादहमा सम्पन्न जेसिज साधारणसभा कार्यकारिणी उपाध्यक्षमा साजन चुडाल, निसान अधिकारी, एकता पोख्रेल र सुमन खत्री सर्वसम्मत चयन भएका छन्।

कार्यकारिणी उपाध्यक्षमा युवराज बाँस्तोलाले उमेदवारी फिर्ता लिएपछि चार जना सर्वसम्मत चयन भएका हुन्। जन सम्पर्क अधिकारीमा बिक्रम तिवारी सर्वसम्मत चयन भएका छन्। अन्य पदका लागि पदस्थापन कार्यक्रमका दिन मनोनित गरिने निर्वाचन कार्यक्रमका सन्तोष कार्कीले जानकारी गराए।

साधारणसभामा जेसिज बर्ष २०२१ का अध्यक्ष एकराज घिमिरेले जेसिज प्रतिबेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष जेसि युवराज बाँस्तोलाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। जेसि दुर्लभ कार्कीले महासचिबको प्रतिबेदन प्रस्तुत गरेका थिए।

गौरादह जेसिज बर्ष २०२१ का अध्यक्ष एकराज घिमिरेको सभापतित्वमा सम्पन्न साधारणसभामा हरिश चन्द्र अधिकारी, राजु घिमिरे र तारा कुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेको जेसिज क्रान्तिदिप काफ्लेले जानकारी गराए। खड्गबहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा दुर्लभ कार्कीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments