Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

झगेन्द्र खड्का
गौरादह, २९ पौष । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः मिना ढकाल सर्वसम्मत चयन हुनु भएको छ। संस्थाको १९ औं साधारणसभाले ढकालको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ।

नव गठित समितिको उपाध्यक्षमा गोमा सुवेदी चयन हुनु भएको छ। सदस्यहरुमा लक्ष्मी चिमरिया, भगिरथा भुजेल, ओम कुमारी ढकाल, भिमा श्रेष्ठ, भगवती भण्डारी, तुलशा निरौला लगायत रहेका छन। संस्था स्थापना कालदेखि अध्यक्ष पदमा रहि संस्थाको काम गर्दै आउनु भएकी ढकाल यस क्षेत्रका कृषि सहकारी संस्थाहरु मध्ये उत्कृष्ट काम गर्दै आउनु भएको छ।

२०५९ सालमा स्थापना भएको सहकारी संस्थाले हाल सम्म सहकारी खेती, बिऊ प्रसोधन केन्द्र, दूध संकलन, सहकारी पसल, पशु बिमा लगायतका काम संचालन गरिसकेको छ। संस्थाले साईलेज (गाई दाना) उद्योग चाडैं संचालन गर्ने तयारी गरेको संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले जानकारी गराए।साधारणसभाका प्रमुख अतिथि पुर्ब श्रम तथा यतायत मन्त्री कमल चौलागाईंले साधारणसभाको उद्घाटन गर्दै सहकारी संस्थाहरुले राष्ट्रको अर्थतन्त्र मजबुद बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेको बताएका छन्।

ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई एकीकृत गरि सहकारीको माध्यमबाट रोजगारीका अवसर सृजना गर्दै कृषि उत्पादनलाई बृद्धी गर्न सफल भएको धारणा राखेका छन्। त्यस अवसरमा असल बचत कर्ता ५ जना, असल ऋणी १३ जना, सेयर सदस्यहरुका छोराछोरीहरु मध्ये गत बर्षको एस इ इ परिक्षामा उत्कृष्ट अंक ल्याउने ८ जना र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने ४ जनालाई पुरस्कृत गरिएको थियो। यश बर्ष उत्कृष्ट किसान अवार्ड हिमा देबि घिमिरेलाई प्रदान गरिएको थियो। संस्थाका बीउ प्रसोधन केन्द्र व्यवस्थापक हेमराज बिष्ट र पत्रकार डिकेश लामालाई सम्मान गरिएको थियो।

संस्थाकि अध्यक्ष साधारणसभाकि सभापति मिना ढकालले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकि थिइन। संस्थाकि लेखा समिति संयोजक कृष्ण कुमारी रिजालले संस्थाको कुल कारोवार ५५ करोड ६१ लाख ८० हजार ५ सय ७८ आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन। साधारणसभामा नेपाल कृषि सहकारी केन्द्रीय संघ महा प्रबन्धक रुद्र भट्टराई, कृषि परियोजना सुपरजोन झापा प्रमुख नगेन्द्र सुवेदी र गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाकि सदस्य बिनिता सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा गोमा सुबेदीले कार्यक्रम संचालन गरेकी थिइन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments