Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २५ पुष २०७८ । झापाको गौरादहमा फुटसल मैदानको उदघाटन गरिएको छ । गौरादह नगरपालिकाको वडा नं. १ को माउण्ट स्कुल जाने बाटोमा निर्माण भएको मैदानको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । पछिल्लो समय युवापुस्ता माझ फुटसल आकर्षण खेल बनेको छ । निश्चित दुरीमा फुटबल खेलिने फुटसल खेलाडी उत्पादन गर्ने नर्सरी पनि मानिन्छ । खेलाडी प्रशिक्षण गर्न सहज र बिना कुनै झन्झट फुटबल खेल्ने थलोका रुपमा फुटसललाई लिइन्छ । यसै कारण खेलप्रमीहरुको फुटसलप्रति आकर्षण बढेको हो । फुटबलका पारखीहरुको हुटहुटीलाई मध्यनजर गर्दै दक्षिणी झापाको गौरादहमा पनि फुटसल सञ्चालनमा ल्याइएको छ ।

शनिबारदेखि सञ्चालनमा आएको गौरादह फुटसलको एक कार्यक्रमकाबीच गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहले उद्घाटन गर्नुभयो।
निजी क्षेत्रबाट सञ्चालित भएपनि यो फुटसल गौरादहको गौरव भएको भन्दै प्रमुख शाहले प्रसन्नता व्यक्त गरे । फुटसल संचालन निरन्तरताको कामना गर्दै उनले मानिसको स्वास्थ्य र स्फुर्ति बढाउन फुटसल कामयावी हुने भएकाले यसमा जोडिन उनले सबैमा अपिलपनि गर्नुभयो ।
सपोर्ट हब गौरादहले संचालनमा ल्याएको फुटसल करिब अढाइ कट्ठा क्षेत्रफलमा छ । अत्याधुनिक कार्पेट र अन्य सामग्री समेटेर बनाइएको स्थानमा फुटबल खेल्न खेलाडीलाई कुनै कठिनाइ नहुने हबका व्यवस्थापकीय प्रमुख अर्जुन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार फुटसलको संरचना सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च गरिएको छ । यस्तै, ५/५ जना खेलाडीबिच २५/२५ मिनेटको समयमा खेलिन्छ । उक्त मैदानमा एक घण्टा खेल खेले बापत १ हजार देखि १ हजार ३ सय शुल्क निर्धारण गरिएको छ ।  जहाँ बाथरुम र चेन्जींग रुम लगायतको सुविधा पनि रहेको छ ।

झापामा राजमार्ग दक्षिण एउटा मात्रै गौरादह फुटसल भएकोले दुर्गमका खेलप्रेमीलाई सहजता थपिएको भन्दै कार्यक्रममा उपस्थित अतिथिहरु आशावादी बनेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय अगुवा जीवनकुमार राई र अन्य सामाजिक व्यक्तिहरुले फुटसलको उपादेयता बारे चर्चा गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया