गौरादह, ११ पुष २०७८ । कमल गाउँपालिका-१ मा रहेको द्रब्यलाभ कृषि सहकारी संस्थाले १ करोड़ १९लाख १९हजार ९ सय ८२ वरावरको कुल कारोवार गरेको छ। संस्थाको ७ औं बार्षिक साधारणसभामा कार्यक्रमका सभापति समेत रहेका संस्थाका अध्यक्ष महेन्द्र बुढाथोकीले पेश गरेको संस्थाको प्रतिबेदनमा संस्थाको कुल कारोवारको जानकारी गराउदै छोटो समयमा संस्थाले फड्को मारेको जानकारी गराए। संस्थाका कोषाध्यक्ष ईन्दिरा अधिकारीले संस्थाले गत आर्थिक बर्षमा ६ लाख ८३ हजार ८ सय ३८ रुपैयाँ आम्दानी र ३ लाख ३४ हजार ८ सय १७ रुपैयाँ खर्च भएको आर्थिक प्रतिबेदन पेश गरेकि थइन।
संस्थाका अध्यक्ष महेन्द्र बुढाथोकीले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिबेदन साधारणसभाले अनुमोदन गरेको छ।संस्थाका लेखा संयोजक मीन प्रसाद भण्डारीले लेखा तथा सुपेरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।द्रब्यलाभ कृषि सहकारी संस्था २०७१ सालमा स्थापना भएपनि हाल सम्म संस्थामा १ सय ७५ जना सेयर सदस्य रहेको जनाइएको छ। कमल पोखरी सामुदायिक भवनमा सम्पन्न साधारणसभामा जनप्रतिनिधि ५ जना संस्थाका जेष्ठ सदस्य १ जना उत्कृष्ट बाल बचत कर्ता १ जना उत्कृष्ट ऋणी १ उत्कृष्ट बचत कारोवार गर्ने १ जना सामाजिक ब्याक्तीतब ४ जना र कर्मचारी १ जनालाई प्रसंसापत्र दिइएको थियो।
गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले साधारणसभाको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै मेयर शाहले छरिएर रहेको पुँजीलाई एकीकृत गरि नागरिकको जीवन स्तर उकास्न सहकारी संस्थाको उल्लेखनीय भुमिका रहेको बताएका छन। कमल गाउँपालिका वडा नं.१ का वडाध्यक्ष केदार कटुवाल समाजसेवी लय प्रसाद चौलागाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका पुर्ब अध्यक्ष तिलकराज तिम्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब शरण कुमार अधिकारीले कार्यक्रम संचालन गरेका थिए।