Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ११ पुष २०७८ । झापाको गौरादहमा रहेको शिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा गौरादहमा रहेको शिद्धार्थ बैंकले भने रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न रक्तदाताबाट ५९ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी धरानमा जम्मा गराइएको जनाइएको छ ।

२०७५ वैशाख २९ गते गौरादहमा औपचारीक रुपमा सञ्चालनमा आएको यस बैंकले एटिएम सहितको सेवा, ऋण प्रवाह, बचत लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । स्थापना भए पश्चात पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको यस बैंकले यसअघि वार्षिकोत्सवको अवसरमा न्यानो कपडा वितरण, गौरादह कृषि क्याम्पसमा वृक्षारोपण, सामुदायिक विद्यालयबाट एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने जेहन्दार विद्यार्थी एक छात्र र एक छात्रालाई जनही १० हजार वितरण गरिएको शिद्धार्थ बैंक का शाखा प्रबन्धक नुतन गिरीले जानकारी दिनुभयो । सामाजिक उक्तरदायीत्व, विशुद्ध परोपकारी भावनाको उद्देश्यले बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको बैंक का शाखा प्रबन्धक गिरीले बताउनुभयो । रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको जनाइएको छ । त्यसअवसरमा स्वतः स्फुर्त रुपमा रक्तदान गर्ने दाताहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया