Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

 सुनसरी, २१ कात्तिक । इटहरीको मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ ।

दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन ।

प्रहरीका अनुसार सामसुङ शोरुम रहेको घरमा लागेको आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन प्रहरी र ठूलो संख्यामा नगरबासीहरु पनि लागेका छन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments