Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

अनलाइनविचार संवाददाता
गौरादह, २७ मंसिर २०७८ । झापा सुरुङ्गाको कन्काइ नगरपालिका-३ मा रहेको माछापुच्छ«े बैंकले व्यवसायीहरुलाई क्यु.आर कोड हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको व्यापारिक भवनको प्राङगणमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा व्यवसायीहरुलाई क्युआर कोड भनेको के हो ? क्यु आर कोडको प्रयोग कसरी गर्ने?, यसको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ?, क्युआर कोडबाट कसरी पैसा तिर्ने?, मोबाइल बैकिङ्ग सेवाका उद्देश्यहरु लगायतका विषयमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र माछापुच्छ«े बैंकका सिइओ सन्तोष कोेइरालाले जानकारी गराएका थिए ।

त्यसअवसरमा, सुरुङ्गाको मेनसिटि मा रहेको तरकारी तथा फलफुल व्यवसायीहरुलाई पसलमा नै गएर क्यु.आर कोड बाट कसरी कारोबार गर्ने भनेर नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्र र माछापुच्छ«े बैंकका सिइओ कोेइरालाले आफैंले सामग्रीहरु किनेर व्यवसायीलाई सिकाएका थिए ।
नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले बैंकले क्यु आर कोड हस्तान्तरण गर्ने कार्य गरेको माछापुच्छे« बैंकका शाखा प्रबन्धक खगेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

अहिलेको यो कोभिडको महामारीमा मोबाइल बैकीङ्ग सेवा बाट सुरक्षीत तरिकाले कसरी आर्थिक कारोबार गर्न सकिन्छ भन्ने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको बताइएको छ । सेवाग्राहीहरुले सामग्री खरिद गर्न आउँदा अब नगदको सट्टा विद्युतिय भुक्तानिका साधन क्यु.आर कोडबाट भुक्तानी गर्न सकिने पनि बताइएको छ । त्यसअवसरमा तरकारी व्यवसायी,फलफुल व्यवसायी हरुलाई क्युआर कोड हस्तान्तरण गरिएको माछापुच्छे« बैंकका शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो

कार्यक्रममा कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद पोखरेल, विभिन्न संघ संस्था, उद्योग वाणिज्य संघका अध्यक्ष उपाध्यक्ष, सुनचाँदी व्यवसायी, जेसीजका पदाधिकारी लगायतले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया