Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २६ मंसिर २०७८ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३ सय ७० विन्दु भन्दा तल झरेको हो ।

आज कारोबार भएका सबै समूहको शेयर घटेको छ । बीमा, व्यापार, फाइनान्स, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा बाहेक सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ ।

आज ७२ लाख २३ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज नयाँ सारथी लघुवित्तको शेयर १० प्रतिशतले तथा लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । युनिलिभर नेपाल र स्वाभिमान लघुवित्त कम्पनीको शेयर भने दुई प्रतिशतले बढेको छ ।

 

तपाईको प्रतिक्रिया