Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २५ मंसिर २०७८ । कात्तिकको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई केही दिनभित्रै राहत वितरण गर्ने सरकारले जनाएको छ ।

राहतको विषयमा यसअघि नै निर्णय भइसके पनि प्रक्रिया लामो भएका कारण वितरण गर्न ढिलाइ भएको हो । अब सबै प्रक्रिया पूरा गरेर रकम निकासा गर्न मात्रै बाँकी रहेको क्षति मूल्याङ्कन छानबिन समितिमा रहनुभएका गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

रकम किसानको बैंक खातामा पठाउने तयारी छ । बैंक खाता नभएका किसानलाई आफ्नो पालिकामा गरेर छिटो खाता खोल्न उहाँको आग्रह छ । धानबालीमा क्षति बेहोरेका किसानलाई २० देखि ६५ प्रतिशतसम्म राहत दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिन लागिएको हो । गएको कात्तिकमा परेको बेमौसमी वर्षाका कारण देशभर झण्डै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयको तथ्याङ्क छ ।

 

तपाईको प्रतिक्रिया