Online Bichar
सोमबार, भाद्र २९, २०८३ | Monday, September 14, 2026

झगेन्द्र खड्का
गौरादह, २२ मंसिर २०७८ । गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुका लागि सेनेटरी प्याड र प्याड डिस्पोज गर्ने मेसिन बितरण गरिएको छ। गौरादह नगर शिक्षा शाखाले विद्यालयबाट माग भए अनुसार नि.म.वि र मा.वि स्कुलहरुलाई प्याड र डिस्पोज मेसिन बितरण गरेको हो। शिक्षा शाखाले प्रधानाध्यापक बैठकको अवसरमा नगर भित्रका १३ वटा निमावि र माबि स्कुलका प्रधानाध्यापकहरुलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले जानकारी गराए।

नगर शिक्षा शाखामा बिनियोजित बजेटबाट ११ लाख रुपैयाँको लगानीमा प्याड र डिस्पोज मेसिन खरिद गरि बिद्यालयलाई बितरण गरिएको शिक्षा शाखा प्रमुख रेग्मीले बताए। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका सभापति रोहित कुमार शाहले सेनेटरी प्याड हस्तान्तरण गर्दै छात्रहरुलाई बिद्यालयमा नियमित उपस्थिति गराउन सेनेटरी प्याडको महत्त्वपूर्ण भुमिका रहने बताए। महिनावारी भएको समयमा प्याडको अभावमा छात्राहरु बिद्यालयमा उपस्थित हुन अफ्ठ्यारो मान्ने भएकाले त्यसको निराकरणको लागि प्याड बितरण गरिएको मेयर शाहले बताए।शिक्षक समाजको मार्ग निर्देश र बालबालिकाको उज्वल भबिस्यको बाटो देखाउने भएकाले नगरको शिक्षाको गुणस्तर उकासेर सभ्य समाज निर्माणमा सहयोग पुग्नेमा बिस्वाश ब्याक्त गरेका छन। प्याड बितरण कार्यक्रममा गौरादह नगर उपमेयर गीता भेट्वालले शुभकामना मन्तब्य राखेकी थिइन। कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत बिदुर आचार्यले गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments