Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

रसुवा, २१ कात्तिक । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ ।

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो । उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments