Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ८ मंसिर २०७८ । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित एक जना व्यक्ति पक्राउ परेका छन् । कन्काई नगरपालिका-७ बिरिङ बाट लागूऔषध ब्राउन सुगर उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थान वार्ड नं. ३ का का २८ बर्षीय सुप्रकाश राई रहेका छन् ।

हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका राई माथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया