Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २९ कात्तिक २०७८ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको बजार आइतबार केही सम्हालिएकोमा सोमबार दोहोरा अंकको वृद्धि आएको हो ।

सबै समूहमा हरियाली छाउँदा कारोबार पनि ५ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेर २७ सय १५ पुग्यो ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च २ सय अंक माथिको बृद्धि आयो । विकास बैंक, जीवन बीमा र उत्पादनमूलक समूह पनि सय अंक माथिले उकालो लागे । अरु पनि धेरैजसो समूहमा दोहोरो अंकको सुधार आयो ।

सोमबार दिन नेपाल स्टक एक्सेन्जमा २ सय २८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ७३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६२ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा २० कम्पनीको घट्यो भने ४ कम्पनीको स्थीर रहेको पनि नेप्सेले जनाएको छ ।

यस दिन बोटलर्स नेपाल र मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।

 

तपाईको प्रतिक्रिया