झगेन्द्र खड्का
गौरादह, २७ कार्तिक । नमस्ते बचत तथा ऋण सहकारी संस्था गौरादहको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। गत कार्तिक १४ गते देखि १७ गते सम्म संचालन गरिएको साधारणसभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिबेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो।
कोरोना भाइरसको जोखिम नघटेकाले सबै शेयर सदस्यहरुलाई एकैपटक जम्मा गरि साधारणसभा गर्न नसकिएको संस्थाका उपाध्यक्ष पुन्य सिक्देलले बताए।भाइरसको जोखिमबाट सुरक्षित हुँदै साधारणसभा सम्पन्न गर्न आलोपालो सिस्टममा शेयर सदस्यहरुलाई बोलाई भिडभाड नगरी संस्थाले यस आर्थिक बर्षमा गरेका गतिविधिहरुको जानकारी गराई साधारणसभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक दधिराम घिमिरेले जानकारी गराए।
संस्थाले शनिबार पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको छ। हालसम्म २ हजार ४ जना सेयर सदस्य रहेको संस्थाले यस आर्थिक बर्षमा १५ करोड २६ लाख ९ सय ९५ कुल कारोवार गरेको छ। संस्थाले यस आर्थिक बर्षमा १३ लाख १२ हजार ३ सय २३ रुपैयाँ खुद नाफा गरेको प्रतिबेदनले जनाएको छ।
साधारणसभा समापनको अवसरमा संस्थाले आफ्नै सभाहलमा कार्यक्रमको आयोजना गरि विभिन्न बिधामा शेयर सदस्यहरुलाई पुरस्कार बितरण गरिएको थियो। समापन कार्यक्रमको अवसरमा उत्कृष्ट बचत कर्ता १५ जना बाल बचत कर्ता ११ जना उत्कृष्ट ऋणी १७ जना ग्रिनकार्ड पुरस्कार १३ जनालाई पुरस्कार गरिएको थियो। संस्थाका शेयर सदस्यका छोराछोरीहरु मध्ये गत बर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने २ जनालाई शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरिएको थियो।
शैक्षिक प्रोत्साहन पुरस्कारबाट स्कुलचौन मा.वि.का विद्यार्थीहरु बिना ढकाल र सबिन बिश्वकर्मालाई जनई २ हजार सहित मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष निर्मल बाँस्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य कर्ण देबकोटाले कार्यक्रम संचालन गरका थिए।