Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

झापा, २५ कार्तिक २०७८ । कोभिड-१९ को महामारीबाट प्रभावित भई रोजगारी र आयआर्जनको अवसर गुमाएका अति विपन्न परिवारलाई अर्थ मन्त्रालयले नगद १० हजार प्राप्तिका लागि वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ अनुसार मन्त्रालयले प्रतिपरिवार १० हजार दिने निर्णय गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा ५ लाख विपन्न परिवारलाई राहतस्वरूप १० हजार नगद दिने कार्यक्रम ल्याएको थियो ।

सोही कार्यक्रमअनुसार नै कोभिडका कारण रोजगारी गुमाउने परिवारको कुनै एक सदस्यले स्थायी वा अस्थायी वा ६ महिनादेखि आफू बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको र अर्को प्राप्ति नगरेको व्यक्ति, सडक, फुटपाथलगायतमा सामान बेच्ने व्यक्ति, ज्यालादारी कामदार, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया, कोभिडका कारण अभिभावक गुमाएका परिवारका नाबालक परिवारले रकम पाउन सक्नेछन् ।

यस्तै निवेदकका अन्य सदस्यले आयआर्जनको काम गरिरहेको, पेन्सन वा अन्य आयआर्जन गरिरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा अन्य कुनै रोजगारी प्राप्त गरिरहेका व्यक्तिलाई परिवारका सदस्यले रकम प्राप्त गर्न अयोग्य ठहर गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया