Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

झापा, २४ कात्तिक २०७८ । नेपाल आयल निगमले पूनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्याँस देखि पेट्रोल, डिजेल र मटितेलको मुल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलको मुल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएसँगै अब पेट्रोलको मूल्य लिटरको १ सय ३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ पर्ने छ ।

हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

 

तपाईको प्रतिक्रिया