काठमाडौं, १३ कार्तिक २०७८। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।
खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।
तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो ।
बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिदको गरेको भेटिएपछि उहाँ बिवादित हुनुभएको थियो ।