Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, १३ कार्तिक । तिहार र छैठको अवसर पारेर गौरादहमा झापाका स्थानीय तहहरु बीचमा कार्तिक १४ गते आइतबारबाट भलिवल प्रतियोगिता सुरुहुने भएको छ । जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी तथा सरोकार समाज गौरादह -१ को आयोजनामा सरु हुने अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ।

शुक्रबार संचारकर्मीहरु संगको भेटघाट कार्यक्रममा समाजका अध्यक्ष बुद्धिमान कार्कीले प्रतियोगिताको सम्पूर्ण तयारीहरु पूरा भएको र खेलतालिका टाइसिट पनि सार्बजनिक गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार झापाका १५ वटा पालिकाहरु मध्ये १३ वटा पलिकाहरु बीच प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता १४ गते आइतबार देखि सुरु भई १७ गते कुकुर तिहारका दिन फाइनल खेल सम्पन्न हुने खेल संचालन आयोजक समितिका सहसंयोजक निर्मल बाँस्तोलाले बताउनु भयो ।

खेलमा प्रथम हुने टिमले नगद १ लाख र दोस्रो हुने टिमले नगद ५० हजारका साथै ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने खेलका कार्यक्रम संयोजक कृष्णकुमार कार्कीले जानकारी गराउनुभयो।

खेलमा गौरादह, अर्जुनधारा, विर्तामोड, बद्धशान्ति, कमल, भद्रपूर, कन्काई, मेचीनगर, दमक, भापा गउँपालिका, बाह्रदशी, गौरीगञ्ज, र शिवसताक्षी नगरपालिका तथा गाउँपालिकाहरुले भागलिएका छन् । प्रतियोगिताका सम्पूण खेलहरु जनता माध्यमिक विद्यालय गौरादह- १ को खेल मैदानमा सम्पन्न हुने छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments