Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

झापा, १२ कार्तिक २०७८ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११६/११६ रुपैयाँ निर्धारण गरिएको कार्कीले बताए । हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्‍याइएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको छ । ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ । मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुने निगमले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया