Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ११ कार्तिक २०७८ । सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० कट्ठासम्म जग्गा भएकालाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिगासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ बिगाभन्दा बढी जग्गा भएकाहरु तथा आंशिक क्षति भएकाहरूलाई क्षतिको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले न्यूनतम सर्मथन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम राहतस्वरुप उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । जसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

यस्तै बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा भारत भ्रमणको स्वीकृति दिने निर्णय पनि गरेको छ । साथै भारत, अमेरिका र बेलायका लागि राजदूत सिफारिस समेत गरेको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया